दफा ४२
क्षतिपूर्ति तत्काल बुझाउनु पर्ने
: (१) यस परिच्छेद बमोजिम भएको क्षतिपूर्ति कसूरदारले तत्काल बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो व्यक्तिले क्षतिपूर्ति तत्काल बुझाउन नसकी त्यस बापत कुनै सम्पत्ति जमानत दिएमा अदालतले एक वर्षभित्र त्यस्तो रकम चुक्ता हुने गरी बढीमा तीन किस्तामा क्षतिपूर्ति बुझाउने आदेश दिन सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम क्षतिपूर्ति नबुझाएमा त्यस्तो कसूरदारको सम्पत्ति जायजात गरी पीडितलाई क्षतिपूर्ति भराई दिनु पर्नेछ ।